Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।उनले मन्त्री ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा बजार दरभन्दा कयौँ गुणा महँगोमा खरिद गरेको भन्दै उनी विरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।

पौडेलले अख्तियारको अनलाइनमार्फत उजुरी दिएको  सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी गराएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार