कोरोना भाइरससँग लड्न करारमा स्वास्थ्यकर्मी
हेल्थ टिभी अनलाइन\मुगु : कर्णाली प्रदेश सरकारले प्रदेशका दश वटै जिल्लाबाट करारमा कर्मचारी भर्ना गर्ने भएकोे छ।
संघीय सरकारबाट प्राप्त स्वास्थ्य सामग्री हस्तान्तण गर्न मंगलवार मुगु पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको युद्ध लड्न कर्णाली प्रदेश सरकारले तीन महिनाका लागि करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्न लागेको बताएका हुन्।
अझै सशक्त रूपमा कोराना भाइरसका विरुद्ध लड्न प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य क्षेत्रमा अध्ययन गरी बेरोजगार जनशक्तिलाई करारमा लिने उनले जानकारी दिए।
स्थानीयतहसँग समन्वय गरी प्रदेश सरकारले वडा स्तरमा सहयोगी समिति गठन गर्ने उल्लेख गर्दै उहाँले सो समितिले शंकास्पद बिरामीको पहिचान गरी क्वारेन्टाइनमा राख्ने मुख्यमन्त्री शाहीको भनाइ छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम