स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा अनियमितता भएको छैन : मन्त्री ढकाल
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका स्वास्थ्य सामग्री मा अनियमितता नभएको दाबी गरेका छन्।
मन्त्रालयमा सोमवार सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याएको भन्दै अनियमितताको प्रश्न नरहेको बताए। ‘हिजो र आजको दर देखाएर अनियमिता गर्यो भन्ने कुरा जायज होइन’, उनले भने, ‘महामारीको कारणले सामग्री किन्ने क्रममा केही महँगो भएको हुनसक्छ।’
मन्त्री ढकालले पदमा रहेसम्म पदको दुरुपयोग गरेर एक पैसा पनि नकमाउने बताए। ‘यसमा एक इञ्च पनि सरकार, मन्त्रालय र मन्त्रीको तर्फबाट हामीले अनियमिता गरेका छैनौँ’, उनले, ‘त्यो अनियमिता नगरेको कुरा अहिले मात्र नभई भोलि जुनसुकै ठाउँमा पनि उभिएर नैतिक जिम्मेवारी लिएर जवाफदेही बहन गर्नेछु।’
उनले अरु विषय नपाएर औषधि खरीदको बहाना बनाएर आफ्नो चरित्र हत्या गर्न खोजेको बताए। ‘यस्ता खालको कुराले मन्त्रीलाई काम गर्ने कुरामा अलिकति ब्रेक लगाउन सकिन्छ कि भन्ने मनशाय होला’,उनले भने, ‘तर आन्दोलनमा जन्मिएको, हुर्किएको हुनाले र अहिलेसम्म यस्ता धेरै अग्निपरीक्षा पास गर्दै आएको छु। यसको पनि सामना गर्न तयार छु।’





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम