स्वास्थ्य मन्त्रालयले भन्यो, अस्पतालमा हुने सबै मृत्युलाई कोरोनासँग नजोडौँ
हेल्थ टिभी अनलाइन \काठमाडौं : अस्पतालमा हुने सबै मृत्युलाई कोरोनासँग नजोड्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले उक्त आग्रह गरेका हुन्। स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङमा बोल्दै कार्कीले अस्पतालमा हुने सबै मृत्युलाई कोरोनाकै आशंका गर्दा समाजमा भय पैदा भएको भन्दै यस्तो नगरिदन आग्रह गरे । उनले भने, ‘अस्पतालमा विभिन्न रोग लिएर आउने बिरामी हुन्छन् उनीहरुका मृत्युका कारण पनि विभिन्न होलान तर यसलाई कोरोनासँग जोड्दा समाजमा भय पैदा भयो ।’
उनले यो सँगै कोरोना लाग्दैमा मरिहालिन्छ भन्दै गाउँघरमा विदेशबाट आएकाहरुलाई अवहेलना गर्ने गरेको कल सेन्टरमा थुप्रै सूचना आएको बताए । उनले जसले त्यस्तो गरेको छ यस्तो नगर्न आग्रह समेत गरे ।
कार्कीले एक अध्ययनका अनुसार कोरोना लागेका व्यक्तिको थुकको छिटाबाट सजिलै भाइरस सर्ने हुँदा एक मिटरको दुरी कायम गरेर सचेत भएर बस्ने तर उनीहरुलाई बहिष्कार गर्न नहुने बताए । उनले भने, ‘रोग विरुद्ध लडौं व्यक्ति विरुद्ध हैन्।’ कोरोना विरुद्ध लड्न लकडाउन उत्कृष्ट उपाय भएकाले यसलाई सबैले पालना गर्न पनि उनले अपिल गरे ।
सोमबार भएको मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले चीनबाट आएका सामान प्रदेशमा पुर्याउने काम भइरहेकाले छिटै सबै प्रदेशमा कोरोना परीक्षण शुरु हुने बताए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम