कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभरी कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ५६ पुगेको छ । यसैगरी ७ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
प्रभावित मुलुकको संख्या दुई सय नाघेको छ । गत डिसेम्बरको अन्तिम साता चीनको वुहानबाट सुरु भएको उक्त कोरोना भाइरस २ सय १ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको हो ।हालसम्म सबैभन्दा बढी इटलीमा कोरोना भाइरसका कारण ज्यान गएको छ । त्यहाँ १० हजार ७ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या ९७ हजार ६ सय पुगेको छ । त्यहाँ आइतवार मात्रै थप ७ सय ५६ जनाको मृत्यु भएको छ ।
यसैगरी अमेरिकामा संक्रमितको संख्या १ लाख ४१ हजार नाघेको छ । त्यहाँ मृत्यु हुनेको संख्या आतबारसम्म २ हजार ४ सय ७५ पुगेको छ ।आइतबार मात्रै १८ हजार २ सयभन्दा बढी संक्रमित भेटिएका थिए ।
उता सबै यूरोपियन देशहरुमा पनि यसको प्रकोप दिनप्रतिदिन बढ्दो छ । स्पेनमा संक्रमितको संख्या ८१ हजार १ सय नाघेको छ । त्यहाँ शनिवार मात्रै ६ हजार ८ सय संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या ६ हजार ८ सय ३ पुगेको छ । फ्रान्समा पनि एकै दिन ३ सय जनाको मृत्यु भएको छ । जर्मनीमा ६२ हजार ९५ जना संक्रमित भएका छन् भने ५ सय ४१ जनाको मृत्यु भएको । फ्रान्समा संक्रमितको संख्या ४० हजार १ सय ७४ पुगेको छ भने २ हजार ६ सय ६ जनाको मृत्यु भइसकेको छ ।
भारतमा पनि कोरोना संक्रमितको सख्या बढ्दै गएको छ । हालसम्म कोरोना संक्रमितको संख्या एक हजार १ सय पुगेको छ भने ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । एक जना निको भएर घर फर्किसकेका छन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने