चीनबाट आएका स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण
हेल्थ टिभी अनलाइन\काठमाडौं : चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। चिनियाँ दूतावासले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को रोकथाम तथा उपचार सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो।
मन्त्रालयमा आइतवार आयोजित कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले ती मेडिकल सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिन्। चीनका प्रसिद्ध व्यापारी ज्याक माको अलिबाबा र ज्याक मा फाउण्डेसनसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पठाएको सहयोग राजदूतले हस्तान्तरण गरेकी हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सरकारले खरिद गरेको र चीन सरकार तथा त्यहाँका विभिन्न सामाजिक संस्थाले सहयोग गरेको मेडिकल सामग्री आएको हो।
यी समान सिचुवान प्रान्त तथा चिनियाँ दूतावास, अलिबाब फाउण्डेसन, ज्याक मा फाउण्डेशन, चाइना सीएमएमसी इन्जिनियरिङ कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट कम्पनीलगायतले सामान पठाएको मन्त्रालयले जनाएको छ। चीनबाट एक लाख पीपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको जनाइएको छ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स