आकस्मिक बिरामीलाई फर्काउने अस्पताललाई कारवाही हुन्छ : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक सेवामा आएका बिरामीलाई फर्काउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ।
मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आकस्मिक सेवामा आएका बिरामी फर्काउने अस्पताललाई मन्त्रालयले कारवाही गर्ने बताए। ‘देशका विभिन्न स्थानमा सामान्य ज्वरो र खोकी लागेका बिरामीले पनि उपचार नपाउने अवस्था आएको सुनिएको छ’,उनले भने, ‘अस्पतालले गेटबाट नै फिर्ता गराउने गरेको विषयतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
देवकोटाले त्यसो नगर्न अस्पतालहरूलाई आग्रह गरे। यस्ता घटना दोहोरिए मन्त्रालय कडा र थप कदम चाल्न बाध्य हुने उनको भनाइ छ।
उनले कोरोना संक्रमणका अहिले सम्म ९१७ वटा नमुना परीक्षण भएको पनि जानकारी दिए। ‘चौथो र पाचौँ केसको ‘ट्रेसिङ’ भइरहेको छ’, उनले भने, ‘कुनै पनि पोजेटिभ केसमा स्वास्थ्यसम्बन्धी जटिलता देखिएको छैन।’
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने