क्वारेन्टाइनमा बस्न नमाने संक्रामक रोग ऐन अनुसार कैद सजाय हुने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले क्वारेन्टाइनमा बस्न नमान्ने र अटेरी गर्नेलाई सजाय गर्ने भएको छ ।
आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समितिको बैठकले उक्त निर्णय गरेको हो । पछिल्लो समय विदेशबाट आएका व्यक्तिहरु क्वारेन्टाइनमा बस्न नमान्ने र आफूखुशी हिंडेकाले यस्तो निर्णय लिएको बताइएको छ । रोग फैलाउन सक्ने वा फैलाएको कसुरमा उनीहरुलाई सजाय हुनेछ ।
यदि कसैले क्वारेन्टाइनमा बस्न मानेन भने उसलाई संक्रामक रोग ऐन अनुसार कैद सजाय हुने समितिले निर्णय गरेको हो । यसको निगरानी गर्ने र सजायको कुरा गृह मन्त्रालयले हेर्नेछ । सरकारले कोरोना प्रभावित देशबाट आउने सबैलाई १४ दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र