कोरोनाबारे सूचना दिन स्वास्थ्य मन्त्रालयले बनायो मोबाइल ‘एप’
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसबारे जानकारी लिन र सही सूचना दिन सहज होस भनेर मोबाइल ‘एप’ बनाएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ‘हाम्रो स्वास्थ्य’ नामक एपको शुरुवात गरे। उनले मन्त्रालयले बनाएको यो एपले कोरोनाबारे धेरै जानकारी लिन सजिलो हुने बताए । मन्त्री ढकालले कोरोेना सम्बन्धित सही र आधिकारिक सूचना लिनका लागि यो एप प्रयोग गर्न सकिने जिकीर गरे ।
यसैगरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यो एपमा कोरोना रोगका बारेमा मात्र नभई उपचार गर्न कहाँ जाने, हब अस्पताल कहाँ छन, आइसोलेसन वार्ड नजिकमा कहाँ छ भन्ने लगायतका सूचना भएकाले सबैलाई महत्वपूर्ण हुने बताए । उनले दोहोरो सञ्चार गर्न सकिने भएकाले पनि स्वास्थ्यकर्मी एवं सर्वसाधारणका लागि यो एप महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
यो एप स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर डाउनलोड गर्न सकिनेछ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम