कोरोनाबारे सूचना दिन स्वास्थ्य मन्त्रालयले बनायो मोबाइल ‘एप’
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसबारे जानकारी लिन र सही सूचना दिन सहज होस भनेर मोबाइल ‘एप’ बनाएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ‘हाम्रो स्वास्थ्य’ नामक एपको शुरुवात गरे। उनले मन्त्रालयले बनाएको यो एपले कोरोनाबारे धेरै जानकारी लिन सजिलो हुने बताए । मन्त्री ढकालले कोरोेना सम्बन्धित सही र आधिकारिक सूचना लिनका लागि यो एप प्रयोग गर्न सकिने जिकीर गरे ।
यसैगरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यो एपमा कोरोना रोगका बारेमा मात्र नभई उपचार गर्न कहाँ जाने, हब अस्पताल कहाँ छन, आइसोलेसन वार्ड नजिकमा कहाँ छ भन्ने लगायतका सूचना भएकाले सबैलाई महत्वपूर्ण हुने बताए । उनले दोहोरो सञ्चार गर्न सकिने भएकाले पनि स्वास्थ्यकर्मी एवं सर्वसाधारणका लागि यो एप महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
यो एप स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर डाउनलोड गर्न सकिनेछ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने