भारतमा एकै परिवारका ५ जनालाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं: भारतमा एकै परिवारका ५ जना कोरोना संक्रमित भेटिएका छन्।
उत्तरप्रदेशको बुलंद शहरमा बस्ने एक परिवारका ५ जना सदस्यमा कोरोना पोजेटिभ पाइएको हो।
उनको परिवारमा उनकी श्रीमती र उनीसँगै बस्ने तीन जना सालाहरुमा कोरोना पोजेटिभ देखिएको भारतीय स्वास्थ्य अधिकारीले बताएका छन्। शुक्रबार उनीहरुको रिपोर्ट आएको हो । परिवारमा सबैलाई कोरोना पोजेटिभ देखिएपछि उनीसँग सम्पर्कका आएका ५० बढी व्यक्तिलाई अस्पतालमा आइसोलेसनमा राखी नमुना परीक्षण गर्न पठाइएको छ ।
उक्त संक्रमित व्यक्ति ट्रेन चढेर उत्तरप्रदेशकै अमरावतीबाट मेरठआएकाले ट्रेनमा बस्ने व्यक्तिहरु पनि संक्तमित हुन सक्ने भन्दै उनीहरुको पनि खोजी शुरु गरेको बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम