स्पेनमा कोरोनाले एकैदिन ८३२ जनाको मृत्यु
स्पेनमा कोरोना भाइरसका कारण २४ घण्टामा ८३२ जनाको मृत्यु भएको छ।
स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो। शनिबार मध्याह्नसम्म पाँच हजार ६९४ जनाको मृत्यु भएको छ।
स्पेनमा कुल संक्रमितको संख्या ७२ हजार २४८ पुगेको छ। पछिल्लो २४ घण्टामा आठ हजार १८९ नयाँ संक्रमित थपिएका छन्।
स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो। म्याड्रिडमा मात्र दुई हजार सात सय ५७ जनाको मृत्यु भएको छ। यो मृत्यु हुने संख्याको ४८ प्रतिशत हो। यहाँ २१ हजार ५२० संक्रमित पाइएका छन् ।
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण