स्पेनमा कोरोनाले एकैदिन ८३२ जनाको मृत्यु
स्पेनमा कोरोना भाइरसका कारण २४ घण्टामा ८३२ जनाको मृत्यु भएको छ।
स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो। शनिबार मध्याह्नसम्म पाँच हजार ६९४ जनाको मृत्यु भएको छ।
स्पेनमा कुल संक्रमितको संख्या ७२ हजार २४८ पुगेको छ। पछिल्लो २४ घण्टामा आठ हजार १८९ नयाँ संक्रमित थपिएका छन्।
स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो। म्याड्रिडमा मात्र दुई हजार सात सय ५७ जनाको मृत्यु भएको छ। यो मृत्यु हुने संख्याको ४८ प्रतिशत हो। यहाँ २१ हजार ५२० संक्रमित पाइएका छन् ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम