कर्णाली प्रदेश अस्पतालमा ५० शय्याको आइसोलेसन
हेल्थ टिभी अनलाइन\सुर्खेत : कर्णाली प्रदेश अस्पताल कालागाउँमा ५० शय्याको आइसोलेसन तयार गरिएको छ। कोरोना संक्रमितको उपचारका लागि अस्पतालले आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको हो।
कर्णाली प्रदेश सरकारको बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश अस्पतालसहित तीन अस्पतालमा आइसोलेसन वार्डसहित अन्य आवश्यक सामग्री व्यवस्थापन गर्न दुई करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो।
बैठकले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक एक करोड र रुकुम (पश्चिम) स्थित चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख रुपैयाँ बजेट दिने निर्णय गरेको थियो। बजेट आइतबारसम्म पठाउने सरकारको तयारी छ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले ५० शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जानकारी दिए। उनका अनुसार एक परियोजना र प्रदेश सरकारको बजेटले कम्तीमा २०० शय्याको आइसोलेशन वार्ड तयार गरिनेछ। उनले शय्या विस्तारसंँगै जनशक्ति थप गर्न आवश्यक रहेको बताए।
सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा पनि आइसोलेसन वार्ड तयार भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२० शय्या तयारी अवस्थामा छन्।
प्रतीकात्मक तस्वीर
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स