कोरोनाको त्रासले जनकपुरमा रगत अभाव
हेल्थ टिभी अनलाइन\जनकपुर : धनुषामा केही दिनयता रगत अभाव देखिएको छ। संघसंस्थामा रक्तदान हुन छाडेपछि धनुषास्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव देखिएको हो।
रगत नहुँदा विशेषगरी प्रसूति भएका महिला र गम्भीर अवस्थाका बिरामीलाई लाई समस्या भएको नेपाल रेडक्रस सोसाइटी जनकपुरका अध्यक्ष नरेशप्रसाद सिंहले जानकारी दिए। माग पूर्ति गर्नका लागि स्वयंसेवकको मद्दत लिने गरेको उनले बताए।
कोरोना भाइरसको कारण मुलुक लकडाउनका अवस्थामा रहेकाले रगतदानका लागि आह्वान पनि गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ। अहिलेसम्म रगतको अभावको कारण कसैलाई मृत्यु हुन नदिएको र स्वयंसेवकलाई सक्रिय पारेको उनले बताए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम