नेपालमा पाँचौं व्यक्तिमा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा पाँचौ व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ ।
बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पाँचौ व्यक्तिमा कोरोना पोजेटिभको पुष्टि गरे ।
यसअघि हिजो मात्र धनगढीका एक युवकमा कोरोनो संक्रमण पुष्टि भएको थियो । उनी अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन्। यसअघिका कतारबाट आएकी युवती र दुबईबाट आएका धादिङका युवक टेकु अस्पतालमा उपचाररत छन्। दुई महिना अघि कोरोना पोजेटिभ देखिएका पहिलो संक्रमित भने निको भएर घर गइसकेका छन्।
आज कोरोना देखिएकी युवती सहित नेपालमा संक्रमितको संख्या ५ पुगेको छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र