संक्रमित व्यक्ति दुबईबाट चैत ७ मा आएका थिए काठमाडौं, एक दिन आफन्तकोमा बसे त्यसपछि नेपालगंज हुँदै धनगढी पुगे
हेल्थ टिभी अनलाइन \काठमाडौं: धनगढीमा आज पुष्टि भएका चौंथो कोरोना संक्रमित युवक चैत ७ गते (मार्च २०मा) दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको पाइएको छ ।
उनी काठमाडौं आएर चैत ७ मा काठमाडौंमै आफन्तकोमा बसेको र चैत ८ गते मात्र बुद्ध एयर मार्फत नेपालगंज गएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले बताए ।
उनले भने, ‘संक्रमित युवकको डिटेल खोजिरहेका छौं । उनी काठमाडौं आएर पनि धेरै ठाउँ गए जस्तो देखिन्छ । उनी काठमाडौंबाट सिधै धनगढीको जहाजमा नगएर नेपालगंज हुँदै गएका छन्। यसले पनि झन समस्या बनायो, उनले भने । यतिमात्र नभएर उनी नेपालगंजबाट माइक्रो चढेर गृहजिल्ला धनगढी गएको पाइएको छ । उनको ट्राभल हिस्ट्री हेर्दा धेरै जनामा सर्नसक्ने देखिन्छ । हामी यसको खोजीमै छौं भोलिसम्म सबै पत्ता लाग्ला, पाण्डेले भने ।
संक्रमित व्यक्ति ज्वरो आएपछि चैत ११ मा मात्र परीक्षण गर्न अस्पताल गएका थिए । उनको नमुना संकलन गरेर काठमाडौं पठाइएको थियो । आज मात्र उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?