कोरोना रोकथामको योजनाबारे सातै प्रदेशका मुख्यमन्त्रीसँग सरकारको ‘भिडियो कन्फरेन्स’
हेल्थ टिभी अनलाइन\काठमाडौं : सातै प्रदेशका मुख्यमन्त्रीले कोरोना नियन्त्रणका लागि चालेका कदम र भावी कार्ययोजनाबारे उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई जानकारी गराएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा संयोजक पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका हुन्।
प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि भइरहेका काम, वर्तमान अवस्था र अब गर्नुपर्ने तयारीबारे समितिलाई जानकारी गराएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए।
मुख्यमन्त्रीहरूले क्वारेन्टाइन केन्द्रको स्थापना, यात्रुको स्वास्थ्य परीक्षण, आइसोलेटेड बेडको निर्माण र दैनिक जनजीवनमा परेको प्रभावलाई न्यूनीकरण गर्न चालिएका कदम र राहतका विषयवस्तु प्रस्तुत गरेकोउनले जानकारी दिए।
स्वास्थ्य सामग्री र उपकरण अभावसम्बन्धी जानकारी गराउँदै मुख्यमन्त्रीहरूले अब ठूलो वित्तीय दायित्व आउनसक्ने भएकाले केन्द्रले पनि सहयोग गर्नुपर्ने धारणा राखेका थिए। समितिले क्वारेन्टाइन केन्द्र सञ्चालनसम्बन्धी स्वीकृत मापदण्डअनुसार काम गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो