कोरोना रोकथामको योजनाबारे सातै प्रदेशका मुख्यमन्त्रीसँग सरकारको ‘भिडियो कन्फरेन्स’
हेल्थ टिभी अनलाइन\काठमाडौं : सातै प्रदेशका मुख्यमन्त्रीले कोरोना नियन्त्रणका लागि चालेका कदम र भावी कार्ययोजनाबारे उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई जानकारी गराएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा संयोजक पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका हुन्।
प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि भइरहेका काम, वर्तमान अवस्था र अब गर्नुपर्ने तयारीबारे समितिलाई जानकारी गराएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए।
मुख्यमन्त्रीहरूले क्वारेन्टाइन केन्द्रको स्थापना, यात्रुको स्वास्थ्य परीक्षण, आइसोलेटेड बेडको निर्माण र दैनिक जनजीवनमा परेको प्रभावलाई न्यूनीकरण गर्न चालिएका कदम र राहतका विषयवस्तु प्रस्तुत गरेकोउनले जानकारी दिए।
स्वास्थ्य सामग्री र उपकरण अभावसम्बन्धी जानकारी गराउँदै मुख्यमन्त्रीहरूले अब ठूलो वित्तीय दायित्व आउनसक्ने भएकाले केन्द्रले पनि सहयोग गर्नुपर्ने धारणा राखेका थिए। समितिले क्वारेन्टाइन केन्द्र सञ्चालनसम्बन्धी स्वीकृत मापदण्डअनुसार काम गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम