राजधानीका तीन अस्पतालमा १३ जनाको आइसोलेसनमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना संक्रमणको आशंकामा विभिन्न अस्पताल गरी १३ जनालाई आइसोलेसनमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हाल १३ जना व्यक्ति आइसोलेसनमा रहेको बताएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले उक्त कुरा बताएका हुन्। उनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ जना यसैगरी पाटन अस्पतालमा ६ जना र कान्ति बाल अस्पतालमा ३ जनाको उपचार भइरहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले आज बिहानसम्म ८ सय २ जनाको कोरोना परीक्षण भएको र तीन जनामा मात्र पोजेटिभ देखिएको बताए । एक जना निको भएर घर गइसकेको र दुई जना अस्पतालमै रहेको उनले जानकारी दिए ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र