किट, पीपीई र औषधि लिन नेपाल वायुसेवा निगमको जहाज भोलि चीन जाने
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस परीक्षण गर्ने किट र पीपीई लगायत उपकरण तथा औषधिजन्य सामग्री लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ।
विमानस्थल उच्च कार्यालय स्रोतका अनुसार भोलि नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो। औषधिजन्य सामाग्री लिनका लागि फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिवार ग्वाङझाओ जाने स्रोतले बताएको छ।
यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायु सेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम