चिनियाँ राष्ट्रपति सीले भने, कोरोना महामारीलाई मिलेर सामना गरौँ
चीनका राष्ट्रपति सी जिन पिङले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध युद्धस्तरमा लड्न आग्रह गर्ेका छन्।
विश्वका प्रमुख २० औद्योगिक राष्ट्रको समूह जी–२० को शिखर बैठकलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसका कारण सिर्जित स्वास्थ्य एवं आर्थिक समस्यासँग जुध्न बहुपक्षीय सहयोग आवश्यक रहेको बताए।
‘अन्तर्राष्ट्रिय समुदायले आफ्नो आत्मविश्वासलाई अझ सुदृढ गर्नु आवश्यक छ’, राष्ट्रपति सीले भने, ‘एकताबद्ध भएर कार्य गर्नु पर्दछ र मिलेर नै समस्या सुल्झाउनु पर्छ।’
राष्ट्रपति सीले सूचना आदानप्रदान गर्न, औषधि, खोप र महामारी नियन्त्रण सम्बन्धी पारस्परिक सहयोगलाई थप सुदृढ गर्न तथा संक्रमण रोक्न अन्तरदेशीय सीमा बन्द गर्न तत्कालै स्वास्थ्य मन्त्रीहरूको बैठक आयोजना गर्नुपर्नेमा जोड दिए।
जी–२० को यस पटकको बैठकको अध्यक्षता साउदी अरेबियाका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गरेका छन्। विश्वभर ठूलो संख्यामा कोरोना संक्रमित भएका र मृतकको संख्या बढ्दै गएको अवस्थामा जी–२० को शिखर बैठक हो। यो पटकको बैठकलाई ‘लाइभ स्ट्रिमिङ’ मार्फत् सञ्चालन गरिएको थियो।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसका कारण विश्वभर पाँच लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भन् २४ हजारभन्दा बढीको ज्यान गइसकेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम