‘पहिले सुरक्षा उपकरण उपलब्ध गराऊ, उपचार गर्न हामी तयार छौँ’
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल चिकित्सक संघले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सिकलाई सुरक्षा उपकरण दिन सरकारसँग माग गरेको छ।
संघले शुक्रबार विज्ञप्ति निकालेर नेपालका चिकित्सक कोरोना भाइरस रोकथाम र उपचारका लागि तयार रहेको भन्दै संघले आधारभूत सुरक्षा सामग्री भने उपलब्ध गराउनुपर्ने बताएको हो।
संघले कोरोना संक्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मी ठूलो संख्यामा संक्रमित भएका भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सिफारिस गरेबमोजिम उपचार प्रक्रियाका लागि आवश्यक सुरक्षा सामग्री व्यवस्था गर्न माग गरेको छ।
ज्यानको बाजी लगाउँदै उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले आधारभूत सामग्रीको माग गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै संघले आपत्ति जनाएको छ।
महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जोखिम मौल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सकको जीवन बीमा, स्वास्थ्य बीमा र विशेष बीमाको व्यवस्था गरी मनोबल बढाउन माग गरिएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल