युरोपमा मात्रै दुई लाख ५० हजारलाई कोरोना संक्रमण
युरोपमा बिहीवारसम्म दुई लाख ५० हजार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म ७० हजार जना सङ्क्रमित भएका छन् भने सात हजारभन्दा बढीको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले जनाएको छ।
डब्लूएचओले स्पेन विश्वकै दोस्रो धेरै प्रभावित देशमा परेको जनाएको छ। स्पेनमा चार हजार ८९ जनाको मृत्यु भइसकेको छ भने ५६ हजार १८८ जना संक्रमित भएका छन् ।
स्पेनको स्वास्थ्य मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६५५ जनाको मृत्यु भएको छ। यसअघि बुधवार एकै दिनमा ७३८ जनाको मृत्यु भएको थियो।
स्पेनमा मार्च १३ देखि संकटकाल र लकडाउन घोषणा गरिएको छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै