कोरोना सतर्कता: बैतडीका मन्दिरमा पशुबली निषेध गर्ने निर्णय
हेल्थ टिभी अनलाइन \बैतडी: कोराना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा जिल्ला विपद व्यवस्थापनको बैठकले लकडाउनलाई पूर्ण रुपमा पालना गर्ने विषयमा छलफल गरेको छ ।
बिहिबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि मठमन्दिरमा भिडभाड नगर्नेदेखि पशु बली चढाउन समेत निषेध गर्ने विषयमा छलफल भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए । उनले भने, ‘यहाँ चैते दशैंका बेला बली चढाउने चलन भएकाले टाढाटाढाबाट बलीका लागि पशु ल्याइएको छ । त्यसलाई निषेध गर्ने विषयमा छलफल भएको र सुरक्षा निकायले त्यसलाई लागू गर्ने बताएको छ ।’
यो सँगे बैतडीका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त बैठकले भारतसँग जोडिएका ९ वटा नाकाहरुमा अझै कडाई गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो