नेपालगंजमा क्वारेन्टाइन स्थलको बिजोग: न सुत्ने बेड छ, न बाथरुम नै !
हेल्थ टिभी अनलाइन \बाँके : कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न गतिविधिहरु गरिरहेको बताउँदै आएको छ । त्यसो त दैनिक रुपमा बैठक बस्ने, भाषण गर्ने, निर्णय सुनाउने काम पनि भइ नै रहेका छन्। तर वास्तविक पीडितको पीडा भने सम्बोधन हुन सकिरहको छैन्। यसको ज्वलन्त उदाहरण हो नेपालगंजको क्वारेन्टाइनस्थल । यद्यपी सरकारले भने क्वारेन्टाइनस्थल एवं आइसोलेसनमा बस्ने सबैको उचित ब्यवस्थापन गरेको बताउँदै आएको छ ।
नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसलाई त्यस क्षेत्रका सम्भावित संक्रमित राख्ने क्वारेन्टाइनस्थल बनाइएको छ । सरकारी क्याम्पसलाई क्वारेन्टाइनस्थल त बनाइयो तर न त बस्नको राम्रो प्रबन्ध छ न त सरसफाइमा ध्यान नै दिइएको छ । एउटा पातलो म्याट भुईमा ओछ्याएर सुत्ने बनाइएको छ । जबकी नेपालगंज यतिखेर लामखुट्टे धेरै नै आउने मौसम पनि हो ।
क्वारेन्टाइनस्थलमा बस्नेका लागि नत झुल छ नत अरु कुनै व्व्यवस्था । बाथरुमको त कुरै नगरौं सबैका लागि एउटै बाथरुम छ त्यो पनि पानी रसाएर खुट्टा राख्न पनि गाह्रो छ । क्वारेन्टाइनमा रहनेहरुले आफूहरु कोरोनाको भन्दा पनि यहाँ आएर अन्य रोग लागेर बिरामी हुने होकी भन्ने चिन्ता लागेको बताएका छन्।
उक्त क्वारेन्टाइनमा फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसँगै आउने ब्यक्ति पनि रहेका छन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने