बीपी प्रतिष्ठानमा भोलिदेखि कोरोना परीक्षण
हेल्थ टिभी अनलाइन\काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरस परीक्षण हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस जाँच गर्ने किटसहितको प्राविधिक टोली त्यसतर्फ पठाएपछि शुक्रवारदेखि त्यहाँ परीक्षण हुन लागेको हो।
मन्त्रालयले पहिलो चरणमा १२० वटा स्याम्पल परीक्षण गर्न सक्ने किट पठाएको बताइएको छ। थप किट केही दिनमै पठाउने तयारी हुँदैछ।
कोरोना रोकथाम उच्चस्तरीय समितिले केही दिनअघि वीर अस्पताल काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल काभ्रेमा पनि कोरोना भाइरस परीक्षण शुरु गर्ने निर्णय गरेको थियो।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?