कोरोना संक्रमण इटाली र स्पेनको अवस्था डरलाग्दो, भारतमा संक्रमितको संख्या ६७०
कोरोना भाइरस अति प्रभावित इटालीमा सात हजार ५०३ जनाको मृत्यु भएको छ। ७४ हजार ३८६ जना संक्रमित छन्। स्पेनमा एक दिनमा थप ७३८को मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या तीन हजार ६४७ पुगेको छ।
स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा संक्रमण बढिरहेको जनाइएको छ।
स्पेनमा पनि लकडाउन गरिएको छ। केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन्। आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पु–याउन संसदमा मतदान गरिने भएको छ।
यता छिमेकी भारतभर कोरोनाभाइरस संक्रमितहरूको संख्या ६७० नाघेको छ। भारतमा १३ जनाले ज्यान गुमाएका छन्। संक्रमणको संख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ।
विश्वभर हालसम्म चार लाख ७१ हजार ८०२ कोरोना भाइरस सङ्क्रमित भएका छन्। २१ हजार २९७ ले ज्यान गुमाएका छन्। तर एक लाख १० हजार भने उपचारपछि निको भएर फर्किएका छन् ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम