कोरोना संक्रमण इटाली र स्पेनको अवस्था डरलाग्दो, भारतमा संक्रमितको संख्या ६७०
कोरोना भाइरस अति प्रभावित इटालीमा सात हजार ५०३ जनाको मृत्यु भएको छ। ७४ हजार ३८६ जना संक्रमित छन्। स्पेनमा एक दिनमा थप ७३८को मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या तीन हजार ६४७ पुगेको छ।
स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा संक्रमण बढिरहेको जनाइएको छ।
स्पेनमा पनि लकडाउन गरिएको छ। केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन्। आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पु–याउन संसदमा मतदान गरिने भएको छ।
यता छिमेकी भारतभर कोरोनाभाइरस संक्रमितहरूको संख्या ६७० नाघेको छ। भारतमा १३ जनाले ज्यान गुमाएका छन्। संक्रमणको संख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ।
विश्वभर हालसम्म चार लाख ७१ हजार ८०२ कोरोना भाइरस सङ्क्रमित भएका छन्। २१ हजार २९७ ले ज्यान गुमाएका छन्। तर एक लाख १० हजार भने उपचारपछि निको भएर फर्किएका छन् ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने