बुधबार कोरोना पुष्टि भएका युवक कतारबाट होइन्, युएईबाट आएका हुन्: स्वास्थ्यमन्त्री
हेल्थ टिभी अनलाइन\ काठमाडौं: बुधबार कोरोना भाइरस पोजेटिभ देखिएका ब्यक्ति कतारबाट नभई संयुक्त अरब इमिरेट्स (युएई) बाट चैत ६ गते नेपाल आएको पाइएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै ती युवक कतारबाट आएको भनेका थिए । पछि आफनो भनाई सच्याउँदै उनले ती युवक संयुक्त अरब इमिरेट्स (युएई) बाट आएकोमा अन्यथा भएको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्ति एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट चैत ६ गते राति १० बजेर ९ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ । मन्त्रालयले मन्त्रीको भनाई सच्याउँदै प्रवक्ता डा विकास देवकोटाद्धारा हस्ताक्षरित विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्ति:
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै