‘कोरोना संक्रमितको उपचारका लागि औषधि र उपकरण तीन दिनभित्र आउँछ’
हेल्थ टिभी अनलाइन काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधि र उपकरण तीन दिनभित्र ल्याउने दाबी गरेका छन्।
मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले बोलपत्र (टेण्डर)मार्फत आवश्यक सामग्री तत्काल ल्याउने गरी काम थालेको भन्दै उनले औषधी तथा स्वास्थ्य सामग्री ल्याउने गरी बुधवार नै टुंगी लगाउने बताए।
आएका सामग्रीलाई प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्याउने जानकारी दिए। ती सामग्री काठमाडौँ आइपुग्नासाथ प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्याउन मन्त्रालयले संयोजकमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालय सहितको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमार्फत पुर्याउने तयारी गरिएको छ।
मन्त्री ढकालले बुधवारदेखि नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने गरी व्यवस्था मिलाएको बताए। कोरोनाको परीक्षण गर्न सातवटै प्रदेशमा प्रयोगशाला विस्तार गर्ने योजना रहेको मन्त्री ढकालले सुनाए।
फाइल फोटो





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित