आज कोरोना पुष्टि भएका ३२ वर्षीय युवक कतारबाट आएका हुन्: स्वास्थ्यमन्त्री ढकाल
हेल्थ टिभी अनलाइन \काठमाडौं : बुधबार कोरोना पोजेटिभ भएका व्यक्ति चैत ६ गते कतारबाट आएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा उक्त कुरा बताएका हुन्।
उनले आज संक्रमित पुष्टि भएका व्यत्ति ३२ वर्षका पुरुष रहेको र उनी धादिङ निवासी रहेको पनि जानकारी दिए । ती व्यक्ति कतारबाट आएर काठमाडौंको होटलमा बसेको भन्दै मंगलबार केही असहज भएपछि जाँचका लागि आफै टेकु अस्पताल आएको पनि मन्त्री ढकालले जानकारी दिए ।
ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएसँगै मन्त्रालयले उनको सम्पर्कमा आउने व्यक्तिकोबारेमा सोधखोज गर्ने र क्वारेन्टाइनमा राख्ने प्रक्रिया अघि बढाएको पनि उनले जानकारी दिए ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा