आज कोरोना पुष्टि भएका ३२ वर्षीय युवक कतारबाट आएका हुन्: स्वास्थ्यमन्त्री ढकाल
हेल्थ टिभी अनलाइन \काठमाडौं : बुधबार कोरोना पोजेटिभ भएका व्यक्ति चैत ६ गते कतारबाट आएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा उक्त कुरा बताएका हुन्।
उनले आज संक्रमित पुष्टि भएका व्यत्ति ३२ वर्षका पुरुष रहेको र उनी धादिङ निवासी रहेको पनि जानकारी दिए । ती व्यक्ति कतारबाट आएर काठमाडौंको होटलमा बसेको भन्दै मंगलबार केही असहज भएपछि जाँचका लागि आफै टेकु अस्पताल आएको पनि मन्त्री ढकालले जानकारी दिए ।
ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएसँगै मन्त्रालयले उनको सम्पर्कमा आउने व्यक्तिकोबारेमा सोधखोज गर्ने र क्वारेन्टाइनमा राख्ने प्रक्रिया अघि बढाएको पनि उनले जानकारी दिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित