नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले जानकारी दिए । उनले भने, ‘आज एक जनामा कोरोना पोजेटिभ देखियो उहाँको डिटेल लिंदैछौं ।’ उनी केही दिनअघि मात्र खाडी मुलुकबाट आएको बताइएको छ ।
यसअघि २ महिनाअघि चीनबाट फर्केका एकजना विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको थियो। यतिबेला उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।। त्यसपछि आइतबार फ्रान्सबाट फर्केकी एक १९ वर्षीय युवतीमा कोरोना पोजेटिभ देखियो । उनी हाल टेकु अस्पतालमा उपचाररत छिन्। आज कोरोना पोजेटिभ देखिएका व्यक्ति पनि बाहिरबाटै आएका हुन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम