नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले जानकारी दिए । उनले भने, ‘आज एक जनामा कोरोना पोजेटिभ देखियो उहाँको डिटेल लिंदैछौं ।’ उनी केही दिनअघि मात्र खाडी मुलुकबाट आएको बताइएको छ ।
यसअघि २ महिनाअघि चीनबाट फर्केका एकजना विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको थियो। यतिबेला उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।। त्यसपछि आइतबार फ्रान्सबाट फर्केकी एक १९ वर्षीय युवतीमा कोरोना पोजेटिभ देखियो । उनी हाल टेकु अस्पतालमा उपचाररत छिन्। आज कोरोना पोजेटिभ देखिएका व्यक्ति पनि बाहिरबाटै आएका हुन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल