स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन् : कोरोनाबाट बच्न कृपया घरमै बसिदिनुस्
हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि घरभित्रै बसेर सहयोग गरिदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना फैलिन नदिन नागरिकलाई घरबाहिर नआइदिन आग्रह गरेका हुन्। कोरोनाको पछिल्लो अपडेटवारे जानकारी गराउँदै उनले विश्वमै महामारीको रुपमा फेलिएको कोरोना विरुद्ध लड्न एक आपसमा दुरी कायम गर्नेपर्ने बताए । त्यसैले ‘यो लकडाउनको समयमा घरबाहिर निस्कन बिर्सनुस । यो नै हाम्रो लागि ठुलो सहयोग हुनेछ,’ उनले भने।
उनले मंगलबारसम्म ६१० जनाको नमुना परीक्षण भएको र त्यसमा २ जनाको मात्र पोजेटिम आएको जानकारी दिए । यसका साथै फ्रान्सबाट आएकी युवतीसँगै आउने सबैलाई क्वारेन्टाइनमा राखिएको हुँदा धेरै नआत्तिन पनि उनले आग्रह गरे । टेकु अस्पतालमा १६ जना भर्ना भएको पनि उनले जानकरी दिए । यसका अलावा परीक्षणको दायरा फराकिलो बनाएको पनि देवकोटाले बताए ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित