भारतमा कोरोनाको नमुना संकलन गर्न स्वास्थ्यकर्मी घरमा नै पुग्ने
विश्वव्यापी प्रकोपका रूपमा देखिएको कोरोना भाइरस संक्रमण दिन प्रतिदिन बढेपछि गएपछि भारत सरकारले शंकास्पद व्यक्तिहरूको नमुना संकलन घरमै गर्ने भएको छ ।
सरकारले कोरोना भाइरसको शंका लागि बिरामीले माग गरेमा घरसम्म नै पुगी नमुना संकलन गर्ने र विभिन्न अस्पतालमा परीक्षण गर्ने मिलाएको छ ।
यसअघि भारतभर १३ वटा ल्याबमा मात्रै कोरोना भाइरसको परीक्षणको सुविधा रहेकोमा मंगलबारदेखि थप १८ ल्याबमा कोरोना भाइरसको परीक्षण गर्न सकिने व्यवस्था सरकारले मिलाएको छ। भारतमा अब ३१ वटा प्रयोगशालामा कोरोनाको परीक्षण गर्न सकिनेछ।
सरकारले निजी प्रयोगशालाका लागि परीक्षण शुल्कसमेत तोकेको छ। निजी प्रयोगशालामा चार हजार ५०० भारतीय रुपैयाँमा कारोनाको जाँच गर्न सकिने बताइएको छ।
सरकारले निजी प्रयोगशालामा यदि कसैको रिपोर्ट ‘पोजेटिभ’ आएमा अन्तिम परीक्षणका लागि पुणे पठाउनुपर्ने जनाएको छ । त्यसपछि मात्रै कोरोनाको अन्तिम पुष्टि हुनेछ।
भारतमा मंगलबार बेलुकी ८ बजेसम्म कोरोना भाइरस संक्रमितको संख्या ५११ पुगेको छ। १० जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !