टेकु अस्पतालमा १० जना क्वारेन्टाइनमा, पाँचजना आइसोलेसनमा
संक्रमित युवतीसँग आएका सबै सरकारको निगरानीमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले टेकु अस्पतालमा कोरोना भाइरस संक्रमणका उपचार गराइरहेकी युवती आएको जहाजमा रहेका व्यक्तिहरूको पहिचान भइसकेको जनाएको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस ‘पोजेटिभ’ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको जानकारी दिएका हुन्। संक्रमित युवतीका घरका सबैलाई क्वारेन्टाइनमा पठाइसकेको उनले बताए।
‘जहाजमा सँगै आउने व्यक्तिहरूलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न सजग गराइएको छ’, देवकोटाले भने। अहिलेसम्म भएको ६१० वटा नमुना परीक्षण भएकोमा दुईजनामा मात्र संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमण भएकी एक र आशंका गरिएका अन्य १५ जना सहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी रहेको देवकोटाले जानकारी दिए। त्यसमध्ये १० जना क्वारेन्टाइनमा र ५ जना आइसोलेसनमा छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम