भारतमा आजदेखि २१ दिन लकडाउन
हेल्थ टिभी अनलाइन \काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्य नजर गर्दे भारतले आजैबाट लागू हुनेगरी २१ दिन लकडाउन गर्ने घोषणा गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना फैलिनबाट रोक्न एक अर्कामा दुरी बनाउन जरुरी रहेको भनदै १४ अप्रिल राति १२ बजेसम्म देशलाई लकडाउन गरेको बताए ।
उनले आफना नागरिकलाई घरबाट कुनै पनि हालतमा बाहिर ननिस्कन आग्रह समेत गरे । मोदीले भने, ‘२१ दिन घरबाहिर निस्कन बिर्सनुस्।’ उनले कोरोना फैलिन नदिन चाहिने सम्पूर्ण स्वास्थ्य सामग्रीको व्यवस्था तुरुन्त गर्ने समेत आश्वासन दिए । भारतमा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको छ भने ५५० जना संक्रमित भएका छन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने