भारतमा आजदेखि २१ दिन लकडाउन
हेल्थ टिभी अनलाइन \काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्य नजर गर्दे भारतले आजैबाट लागू हुनेगरी २१ दिन लकडाउन गर्ने घोषणा गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना फैलिनबाट रोक्न एक अर्कामा दुरी बनाउन जरुरी रहेको भनदै १४ अप्रिल राति १२ बजेसम्म देशलाई लकडाउन गरेको बताए ।
उनले आफना नागरिकलाई घरबाट कुनै पनि हालतमा बाहिर ननिस्कन आग्रह समेत गरे । मोदीले भने, ‘२१ दिन घरबाहिर निस्कन बिर्सनुस्।’ उनले कोरोना फैलिन नदिन चाहिने सम्पूर्ण स्वास्थ्य सामग्रीको व्यवस्था तुरुन्त गर्ने समेत आश्वासन दिए । भारतमा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको छ भने ५५० जना संक्रमित भएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम