क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत
हेल्थ टिभी अनलाइन\काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कारोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृति गरेको छ।
सोमवार बसेको समितिको बसेको बैठकले कोरोना भाइरससँग सम्बन्धित क्वारेन्टाइनमा राखिने व्यक्ति, पालना गर्नुपर्ने विधि, हुनुपर्ने पूर्वाधार, त्यहाँ सेवारत रहनुपर्ने चिकित्सक र गर्नुपर्ने सबै सुरक्षित उपाय अपनाउने गरी काम गर्न उक्त मापदण्ड स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा बलम्बुस्थित सशस्त्र प्रहरी नेपालको ‘डेडिकेटेड आइसोलेटेड’ अस्पताललाई कोभिड–१९ को रोकथाम नियन्त्रणको उपचारसम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकको समन्वयमा गर्ने निर्णय गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरिएको छ।
त्यसका लागि रक्षा, गृह, परराष्ट्र र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए। विदेशबाट हवाई मार्गमार्फत आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको र कसैले त्यसलाई उल्लंघन गरे कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आदेश भइसकेको पनि उनले बताए।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित