कोरोना संक्रमणकाे त्रास : जुम्ला एक साता ‘लक डाउन’
हेल्थ टिभी अनलाइन\जुम्ला : विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस रोकथामको पूर्वतयारीका लागि जुम्ला एक साता ‘लक डाउन’ हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा आइतबार बसेको विपद् व्यवस्थापन समितिले सोमबारदेखि एक सातासम्म जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो। कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा भएको भन्दै जुम्लालाई चैत १० देखि १६ गतेसम्म ‘लकडाउन’ गरिने भएको हो।
रोजगारी र हिउँदे व्यापारमा भारत गएका जुम्लीहरू धमाधम घर फर्किन थालेपछि जुम्लामा कोरोना भइरसको उच्च जोखिम पनि बढेको हो। जुम्लामा मानिसको चाप बढ्न थालेपछि कोरोनाको जोखिमबाट बचाउन ‘लकडाउन’ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित