रुघाखोकी र ज्वरो देखियो?, अस्पताल जानुअघि यी चिकित्सकसँग सम्पर्क राख्नुस्
हेल्थ टिभी अनलाइन\चितवन : जिल्लाका १० विशेषज्ञ चिकित्सकले नागरिकलाई फाेनबाट कोरोना भाइरस संक्रमणसम्बन्धी परामर्श दिन थालेका छन्।
रुघाखोकी र ज्वरो देखिनेवित्तिकै कोरोनाका आशंका गरी अस्पताल दौडिने क्रम अन्त्य गर्न चिकित्सकहरूले फोनबाट यस्तो सेवा शुरु गरेका हुन्।
डा. प्रकाश खतिवडालाई ९८५५०१९१६१ नम्बरमा, डा. कृष्णसागर शर्मा ९८५५०१९१६२, डा. कल्याण सापकोटा ९८५५०१९१६३, डा. अनिलविक्रम कार्कीको ९८५५०१९१६४ र डा. गुरु शाहलाई ९८५५०१९१६५ नम्बरमा सम्पर्क गर्न सकिनेछ। यस्तै डा. कालिदास अधिकारीलाई ९८५५०१९१६६ नम्बरमा, डा. प्रतीक न्यौपाने ९८५५०१९१६७, डा. विधान श्रेष्ठ ९८५५०१९१६८, डा. प्रमोद पौडेल ९८५५०१९१६९ र डा भोजराज अधिकारीलाई ९८५५०१९१७० मा सम्पर्क गर्न भनिएको छ।
नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडाका अनुसार विशेषज्ञ चिकित्सकमध्ये जुन टेलिफोनमा सम्पर्क हुन्छ त्यसैमा सर्वसाधारणले परामर्श लिन सक्नेछन्। अस्पतालमा बिरामीको घुइँचाे नहोस् र सामान्य समस्या भएमा फोनबाटै परामर्श गरी समस्याको समाधान होस् भन्ने उद्देश्यले सुविधा उपलब्ध गराइएको संघले जनाएको छ। टेलिफोनमा बिरामीले घरमा नै आराम गरेर सामान्य औषधि प्रयोग गर्नुपर्ने भएमा औषधिको नामसमेत चिकित्सकले टिपाइदिनेछन्।
डा. कृष्णसागर शर्माले २४ घण्टामा ६५ जनालाई फोनबाट परामर्श दिएकाे बताए। यहाँ सञ्चालनमा ल्याइएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले चिकित्सकको नम्बर र त्यहीबाट परामर्श पाउन थालेपछि अस्पताल आउने बिरामीको संख्यामा कमी आएको जानकारी दिए। तत्काल उपचार एवं शल्यक्रिया गर्न नपर्ने बिरामीलाई पछि मात्र आउन चिकित्सकले टेलिफोनमा सुझाव दिने गरेको उनले बताए।
टेलिफोन गर्ने बिरामीलाई अस्पताल जानैपर्ने भएमा कहाँ जाने भन्ने विषयमा पनि परामर्श दिइने गरेको छ। जिल्लाको सदरमुकामदेखि ग्रामीण क्षेत्रका बिरामी र आफन्तले चिकित्सकलाई फोन गरेर स्थानीय मेडिकलको औषधि खुवाउँदै आएका छन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार ती चिकित्सकका लागि नेपाल टेलिकमबाट छुट्टै नम्बर व्यवस्था गरिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित