सरकारले स्थापना गर्यो कोरोना भाइरसविरुद्ध लड्न ५० करोडको कोष
हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोरोना संक्रमणविरुद्ध लड्न र संक्रमण फैलिए उपचार तथा अन्य उपकरण तथा औषधिजन्य सामग्री सहज गर्न केन्द्रीय राहत कोष स्थापना गरेको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो। कोषमा प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब जम्मा गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए। कोषमा सहयोग गर्न सरकारले नागरिकलाई पनि आह्वान गरेको छ।
सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ। बिहान १० बजेदेखि एक साताका लागि नाका बन्द गरिनेछ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम