वीरगंजका रुगंटामा कोरोना आशंका, पुष्टिका लागि नमुना पुणे पठाइयो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: पर्सा वीरगञ्जका ६३ वर्षीय शिवशंकर रुगंटालाई कोरोनाको संक्रमण पोजेटिभ आशंका गरिएको छ। यद्यपी उनको पुन परीक्षणका लागि नमुना भारतकै पुणे पठाएको बताइएको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै रुंगटा १९ मार्चमा मिर्गौला रोगको उपचारका लागि पटना गएको त्यही बेला पटनामा जाँच गर्दा कोरोना भाइरसको संक्रमण पोजेटिभ आशंका गरिएको बताए । उनले भने, ‘उहाँ मिर्गौला रोगी भएका कारण नियमित जाँचका लागि पटना जानुभएको रहेछ त्यही बेला रुघाखोकी लागेपछि कोरोना जाँच गरिएको भन्ने जानकारी आएको छ ।’
उनलेअस्पतालले थप पुष्टीका लागि नमुना पुणे पठाएको पनि परिवारले जानकारी दिएको बताए । बस्नेतले वीरगंजस्थित उनका परिवारलाई आइसोलेसनमा राख्ने काम शुरु गरिसकेको पनि जानकारी दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम