सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना रोकथाम र नियन्त्रणमा खटाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरी विभिन्न स्वास्थ्य संस्थामा खटिएका चिकित्सकलाई सेवा प्रभावित नहुने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटाउन सातै प्रदेशलाई निर्देशन दिएको हो ।
सरकारी छात्रवृत्तिका चिकित्सकलाई कोरोना रोकथाममा परिचालन गर्न सोही बमोजिम व्यवस्था मिलाउन सातवटै प्रदेशका मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्वास्थ्यले पत्र लेखेको छ । यसका साथै एमबीबीएसमा अध्ययनरत विद्यार्थीलाई सम्बन्धित कलेजसँग समन्वय गरी कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोगीको रुपमा परिचालन गर्न पनि निर्देशन दिइएको छ ।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम