Health TV Online
Health TV Online
Health TV Online

‘पीपीई लगायतका सामग्री प्लेन चार्टर गरेर भए पनि ल्याउँछौं’

‘पीपीई लगायतका सामग्री प्लेन चार्टर गरेर भए पनि ल्याउँछौं’

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीलाई चाहिने पीपीई अर्थात पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट खरिद गर्ने प्रक्रियामा गएको भन्दै स्वास्थ्यकर्मीलाई नआक्तिन आग्रह गरेको छ ।

आइतबार महाशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले उक्त कुराको जानकारी दिएका हुन्। कार्यक्रममा डा पाण्डेले पीपीई नेपालमा नबन्ने र बाहिरबाट मगाउनुपर्ने भएकाले समय लागेको बताए । उनले  स्वास्थ्यकर्मीलाई चाहिनेजति पीपीई लगायतका सामग्री खरिद गर्ने क्रममा रहेको भन्दै प्लेट चार्टर गरेरै भए पनि ल्याइने बताए ।

उनले हाल टेकु अस्पतालमा भने पीपीई रहेको जानकारी दिए । यसैगरी कोरोनाका डरका कारण सबै अस्पतालले पीपीईको माग गरेकाले अपुग भएको भन्दै जहाँ कोरोनाको उपचार गर्ने भनेर तोकिएको छ ती अस्पतालमा मात्र पीपीई चाँडै नै पुग्ने उनले जिकीर गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार