मास्क र स्यानिटाइजर कालोबजारी गर्ने चारजना पक्राउ
हेल्थ टिभी अनलाइन\धनुषा : मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका यहाँस्थित चार औषधि व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले कालोबजारी गरिरहेको अवस्थामा चारै जनालाई पक्राउ गरेको हो।
सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए। पक्राउ परेका चारै व्यवसायीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम