मास्क उत्पादन गरी वितरण गर्दै प्रहरी
हेल्थ टिभी अनलाइन\सप्तरी : जिल्ला प्रहरी कार्यालयले मास्क उत्पादन गरी वितरण गरेको छ। प्रहरीले शनिवार हिरासतमा रहेका सम्पूर्ण थुनुवालाई मास्क वितरण गर्यो।
कोरोना भाइरस संक्रमणबाट जोगिन तथा यसबारे सचेतना फैलाउन कार्यालयभित्र मास्क तयार गरी वितरण गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए।
गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय र चौकीमा कार्यरत सम्पूर्ण प्रहरीलाई माक्स वितरण गरिएको थियो।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामद्वारा निर्देशित नमूनाबमोजिमको ढाँचामा माक्स तयार गरी वितरण गरिएको उनले बताए। ‘जनतामा सचेतना फैलाउन मास्क तयार गरी दिएका हौँ”, प्रहरी उपरीक्षक प्रसाईँले भने, ‘प्रत्येक प्रहरी कार्यालयको मूलढोका अगाडि हात धुने व्यवस्था पनि गरेका छौँ।’
कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य मास्क लगाउन र साबुनपानीले हात धोएर मात्र प्रवेश गराउन भनिएको छ। यसका लागि प्रहरी कार्यालयको ढोका अगाडि साबुन र पानीको व्यवस्था पनि गरिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित