स्वास्थ्यचौकीमा आउँदैनन् बिरामी, गफ गरेर दिन बिताउँछन् स्वास्थ्यकर्मी
हेल्थ टिभी अनलाइन\सर्लाही : लालबन्दी नगरपालिका–१४ नारायण खोलामा रहेको स्वास्थ्यचौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउँछन्। स्वास्थ्यचौकीमा दुई हेल्थ असिस्टेन्ट, दुई अहेब र एक अनमी छन्।
स्वास्थ्यचौकी पुग्न सवारी साधनको सहज पहुँच छैन। घण्टौँ हिँडेर सेवाग्राही सेवा लिन बाध्य छन्। स्वास्थ्य चौकी नजिकैका सीमित सेवाग्राही मात्र सेवा लिन आउने गरेको अनमी भण्डारीले जानकारी दिइन्।
दुर्गम क्षेत्रमा रहेको चौकीमा दैनिक एक\दुई जनामात्र सेवा लिन आउने कारण आफूहरु फुर्सदिलो भएकोे अनमी रीता भण्डारीले बताइन्। ‘कुनै दिन त सेवाग्राही नै आउँदैनन’, उनले भनिन्, ‘के गरेर बस्नु! सेवा बन्द गरेर घर जानु भएन।’
स्वास्थ्यचौकीमा कतिपय औषधि समयमै प्रयोगमा नआउँदा अवधिसमेत गुज्रिएको छ। चौकीमा प्रसूतिसहितको सेवा उपलब्ध भए पनि अधिकांश महिला घरमा नै सुत्केरी हुन्छन्।
लालबन्दी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक सुरेन्द्र खतिवडाले स्वास्थ्यचौकीमा महिनामा बल्लतल्ल ३०\३५ सेवाग्राही आउने गरेका जानकारी दिए।
स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई नगरपालिकाले आन्तरिक स्रोतबाट तलबको आठ प्रतिशत बढी सेवा सुविधा प्रदान गर्दै आएको छ। नगरको विकट क्षेत्रको स्वास्थ्य चौकी रहेका कारण त्यहाँ खटिने स्वास्थ्यकर्मीलाई सेवा सुविधाको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम