कोरोनाको आशंका लागे एम्बुलेन्ससहित निःशुल्क उपचार
हेल्थ टिभी अनलाइन\पर्वत : जलजला गाउँकार्यपालिकाले कोरोना भाइरसको आशंका देखिएका बिरामीको एम्बुलेन्स सेवासहित निःशुल्क उपचारमा सहयोग गर्ने भएको छ।
शनिबार बसेको बैठकले गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए।
‘भाइरसको आशङ्का देखिएमा एम्बुलेन्स सेवासहित सम्पूर्ण उपचार खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेका छौँ’, उनले भने। गाउँपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड हुने ठाउँमा नजान सबै नागरिकलाई आग्रह गरेको छ।
गाउँपालिकाले स्वास्थ्य अवस्थाबारे सचेत रहन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, भीडभाडमा नजान, अत्यावश्यक कामबाहेक सकेसम्म घरभित्रै रहन तथा रोगथामका उपाय अवलम्बन गर्न र लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा गाउँपालिकामा सम्पर्क राख्न अपिल गरेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम