कोरोना संक्रमणले लण्डनमा एक नेपालीको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ।
सङ्खुवासभा खाँदबारी नगरपालिका–१० घर भई हाल लण्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको निधन भएको पारिवारिक स्रोतले बताएको छ। नर्थविक पार्क अस्पतालमा क्रममा शनिवार उनको मृत्यु भएको हो।
स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए। उपचारपछि फर्किएका राईको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएको थियो। उनी कोरोनाका कारण मृत्यु हुने पहिलो नेपाली हुन्।
रासस
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स