कोरोना भाइरस संक्रमण : इटलीमा एकै दिनमा ६२७ जनाको मृत्यु
युरोपेली मुलुक इटलीले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्ने भएको छ।
मृत्यु हुनेको संख्या एकै दिनमा ६२७ पुगेपछि सरकारले नागरिकलाई घरमै राख्नका लागि सेनाको सहयोग लिन लागेको बताएको छ। शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा इटलीमा एकै दिनमा अहिलेसम्ममा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको हो।
इटलीको उत्तरी क्षेत्र खासगरी कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो। यहाँ सहयोगका लागि पुगेको चिनियाँ स्वास्थ्य टोलीले नागरिकलाई हिँडडुलमा रोक लगाउने काम कडा नभएका कारण संक्रमण फैलिने क्रम जारी रहेको बताएपछि प्रशासनले सेनाको सहयोगमा नागरिकहरूलाई घरभित्र सीमित रहने व्यवस्था गरेको छ।
लोम्बार्डीमा नागरिक हतास भएका दृश्यहरू देखिएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ। अस्पतालहरूमा हजारौँ व्यक्ति संक्रमित भएको आशंकामा भीड लागेपछि उपचारको उचित प्रबन्ध मिलाउन जटिलता देखिएको बताइएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम