विदेशबाट आएका ६२ जना खरिपाटी क्वारेन्टाइनमा
हेल्थ टिभी अनलाइन\भक्तपुर : विभिन्न देशबाट नेपाल फर्किएका ६२ नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ। दुबई, कतारलगायत देशबाट ६२ नेपाली शनिवार स्वदेश फर्किएका हुन्।
राससका अनुसार थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई नेपाल फर्काइएको हो। स्वदेश फर्काइएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाएको थियो।
विमानस्थलमा ज्वरो नापिएको उनीहरूलाई क्वारेन्टाइनमा पनि ल्याएर ज्वरो परीक्षण गरेको नेपाली सेना बीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए। क्वारेन्टाइनमा दुई जना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँच जना सेवामा खटिएको र एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा राखिएको छ। स्वाब भने आइतवार संकलन गरिनेछ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले विमानस्थलबाट उनीहरूलाई बसमा राखेर ‘स्कर्टिङ’ गर्दै साँझ पौने ६ बजे क्वारेन्टाइन पुर्याएको जानकारी दिए। उनीहरूलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ भने त्यसबीचमा कोरोना भाइरस संक्रमण पोजेटिभ भए उपचारका लागि शहीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु लगिनेछ।
यसअघि पनि सरकारले चीनबाट ल्याएका १७५ जनालाई पनि सोही क्वारेन्टाइनमा राखी उपचार गराइएको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित