कोरोनाका बिरामी भेटिए भन्ने हल्ला मात्र हो : नर्भिक अस्पताल
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नर्भिक इन्टरनेशनल अस्पतालले आफनो अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामी रहेको भन्ने हल्ला मात्र भएको बताएको छ ।
शनिबार बिहानैदेखि सामाजिक संजालमा कोरोनाको कारण नर्भिक अस्पतालमा ८ जना भर्ना भएको भन्ने हल्ला फैलिएको थियो। त्यसलगत्तै अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा हल्ला भएजस्तो अस्पतालमा कुनै कोरोना भाइरस संक्रमित भर्ना नभएको र कसैको मृत्यु नभएको जनाएको छ। अस्पतालले यो हल्लाको पछि नलाग्न आग्रह गरेको छ।
अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले अस्पतालमा कोरोनाका कुनै पनि बिरामी नभएको भन्दै देशलाई अप्ठेरो परेकोबेला अस्पतालको नाम जोडेर यसरी भ्रामक सन्देश फैलाउनेलाई कारवाही गर्नुपर्ने बताए । नर्भिक अस्पतालमा कोरोनाबारे कुनै परीक्षण नहुने पनि अस्पतालले जानकारी गराएको छ ।
सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको दाबी गरेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम