Health TV Online
Health TV Online
Health TV Online

चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द

चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द

हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले अत्यावश्यकबाहेक सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म रोक्ने निर्णय गरेको छ ।

शुक्रबार कोरोनाभाइरसको जोखिमबारे राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भित्रिन नदिन सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै यस्तो निर्णय गरेको बताए ।

प्रधानमन्त्री ओलीले स‌ंघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने अत्यावश्यकबाहेक सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म रोक्ने बताएका हुन्।

उनले सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित काम गर्ने उल्लेख गरे।

नेपालमा हालसम्म एक जनामा मात्र कोरोना भाइरस देखिएको छ । उक्त व्यक्ति पनि उपचार पछि निको भइसकेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार