महिला मन्त्रालयमा ‘कोरोना हेल्थ डेक्स’
हेल्थ टिभी अनलाइन\काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कोरोना सहायता कक्ष ‘कोरोना हेल्थ डेक्स’ स्थापना गर्ने तयारी गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना संक्रमणको सम्भावित जोखिम कम गर्न तत्कालै कोरोना हेल्थ डेक्स स्थापना गर्न लागेको बताए। ‘बालबालिका, अपाङ्गता भएका व्यक्ति, बाल सुधारगृह, वृद्धाश्रममा बस्ने व्यक्तिलाई सेवा दिनका लागि कोरोना हेल्थ डेक्स स्थापना गर्न लागेको हो’, मन्त्री गुरुङले भने, ‘मन्त्रालयमा तुरुन्तै ‘फोकल पर्सन’ तोकेर शुरु गर्ने तयारी छ, आवश्यक परेमा सम्बन्धित ठाउँमै गएर पनि सेवा दिन सकिन्छ।’
मन्त्रालयले कोरोनाको संक्रमण फैलिन नदिनका लागि उच्च जोखिममा रहेका महिला, बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई ध्यानमा राखेर सचेतनामूलक कार्यक्रम महिला तथा बालबालिका विभागबाट सञ्चालन गरिरहेको छ।
मन्त्रालयले पूर्वसावधानीका लागि सरोकारवाला निकायसँग मिली माक्स, स्यानिटाइजार, औषधिजस्ता आधारभूत आवश्यक वस्तुको संकलन तथा वितरणको व्यवस्था मिलाउने काम विभागलाई दिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित